हेलिकोप्टर चढ्न शिर्ष नेताको प्रतिस्पर्धा (को कहा पुगे सुचीसहित)

हेलिकोप्टर चढ्न शिर्ष नेताको प्रतिस्पर्धा (को कहा पुगे सुचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरण निर्वाचन हुन सात दिन बाँकी रहँदा प्रमुख दलका शीर्ष नेताले हेलिकोप्टर प्रयोग बढाएका छन्।

 

 

प्रचार–प्रसारका लागि समय कम रहेको र लोकतान्त्रिक तथा वाम गठबन्धनका कारण चुनाव बढी प्रतिस्पर्धात्मक बनेकाले शीर्ष नेताले जतिसक्दो धेरै जिल्लामा पुगेर मतदाता प्रभावित पार्न हेलिकोप्टरको सहारा लिएका हुन् ।  

 

 

 

हेलिकोप्टर प्रयोग गर्नेमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता रामचन्द्र पौडेल, शशांक कोइराला, बालकृष्ण खांड, एमाले नेता भीम रावल, राप्रपा अध्यक्ष कमल थापा, नेपाल परिवार दलका एकनाथ ढकालसम्मका नेता छन्।

 

 

 

 

प्रचार–प्रसारका लागि समय कम तथा लोकतान्त्रिक र वाम गठबन्धनका कारण चुनाव बढी प्रतिस्पर्धात्मक बनेकाले नेतालाई देश दौडाहामा जान भ्याइनभ्याइ भएको हो।

 

 

 

कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच हेलिकोप्टर प्रयोग गर्ने होड चलेको छ। ओली पुगेका स्थानमा देउवा पनि पुग्ने गरेका छन्। चुनाव बढी प्रतिस्पर्धात्मक बनिरहेकाले पनि नेता दैनिकजसो हेलिकोप्टरको सहमति दिन र्पयो भन्दै आउने गरेको आयोगका सहसचिव गीता तिम्सिना बताउछन्।

को कहा गए ?

कांग्रेसले हालसम्म १२ वटा सहमति लिएको छ भने एमालेले आठवटा । त्यस्तै माओवादी केन्द्र, राप्रपा र परिवार दलले एक(एकपटक सहमति लिएको आयोगले जनाएको छ।

 

 

आचारसंहिता लागू भएयता बुधबारसम्म निर्वाचन आयोगमा हेलिकोप्टर प्रयोग गर्न दलहरूले २८ वटा सहमति लिइसकेका छन्। एउटा सहमतिपत्रमा कम्तीमा पाँचदेखि १० ठाउँसम्मका चुनावी कार्यक्रममा सरिक भएको पाइएको छ। आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।