सेनाको भ्रष्टाचारबारे संसदमा बोले सांसद महेश बस्नेत, छानबिन समिति बनाउन माग

सेनाको भ्रष्टाचारबारे संसदमा बोले सांसद महेश बस्नेत, छानबिन समिति बनाउन माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारूढनेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले नेपाली सेनाभित्रको भ्रष्टाचार, अनियमितता र बढुवामा भएको भनिएको विभेदलाई संसदमा प्रवेश गराएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद बस्नेतले सेनाभित्रको भ्रष्टाचार, अनियमितता, महिला सेनामाथि हुने गरेको विभेद लगायतका विषयमा छानबिनका लागि रक्षामन्त्रालयमार्फत् छानबिन समिति गठन गरिनुपर्ने माग गरे।

हालै मात्र प्रमुख सेनानीबाट महासेनानी बढुवा गर्दा र ब्याचका अधिकृतलाई एकै ठाउँमा राखेर जुनियरलाई बढुवामा अगाडि पारिएको खबर आएको उल्लेख गर्दै उनले भने, ‘आफू निकट जुनियरलाई बढुवा गरेर सेनामा भविष्य देखेका अब्बल अधिकृतको टाउकोमा तातोपानी खन्याउने काम भएको छ।’

बस्नेतले सुवेदारहरुको ५५ वर्षे सेवा अवधि घटाएर ५२ कायम गरिएको र सकल दर्जाको रासन गुणस्तरहीन भएको गुनासो आएको समेत सदनलाई जानकारी गराए।

नेपाली सेना महिलामैत्री नभएको तथा फास्टट्रयाक निर्माण, सेनापति निवास निर्माणमा समेत भ्रष्टाचार भएको उनको दाबी छ।