काठमाण्डु – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नै नेप्से ११.६० अङ्कले घटेर दुई हजार ७५७.५३ मा झरेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७५ अङ्कले घटेर ५१८.२५ मा पुगेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ । कूल २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर रु चार अर्ब ३५ करोड ७३ लाख नौ हजार ३१९ मूल्यमा कारोबार भयो । आइतबारको कारोबारपछि बजार पूँजीकरण ३८ खर्ब ७८ अर्ब ४९ करोड ४७ लाख २० हजारको हाराहारीमा सीमित भएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर उकालो लागेको छ । जलविद्युत् १३.२१ र उत्पादन उपसमूह ९६.१४ अङ्कले बढेको छ । यस्तै, बैंकिङ ५.१, व्यापार ५८.५४, होटेल तथा पर्यटन ५०.८८, विकास बैंक ६.८९, वित्त १९.२३, निर्जीवन बीमा ६४.१६, अन्य ३८.८८, लघुवित्त १७.४३, जीवन बीमा १४०.५, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.७४ अङ्कले घटेको छ ।
कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ५० करोड ९९ लाख ९२ हजार ३३२ बराबरको कारोबार भयो । नेसनल हाइड्रोपावर २३ करोड ८४ लाख ५० हजार ४८२, नेपाल दूरसञ्चार कम्पनी २२ करोड ६२ लाख ३८ हजार ३३८, हिमाल दोलखा हाइड्रोपावर २१ करोड ५० लाख ७५ हजार १०६ र माथिल्लो तामाकोसी १५ करोड २५ लाख ३८ हजार ६६८ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक ८, हिमाल दोलखा हाइड्रोपावर ६.४० र शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ४.१९ प्रतिशतले कमाए ।
यसैगरी, तेह्रथुम पावर कम्पनी ४.२१, आइसिएफसी फाइनान्स ३.८९, प्रिमियर इन्सुरेन्स ३.६१, नेसनल माइक्रोफाइनान्स ३.२८ र मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ३.२८ प्रतिशतले गुमाए ।
प्रतिक्रिया