चुनावकै मुखमा एमालेका जिल्ला अध्यक्षको निधन

चुनावकै मुखमा एमालेका जिल्ला अध्यक्षको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी – एमाले महोत्तरीका जिल्ला अध्यक्ष जामुन मण्डलको मृत्यु भएको छ । लामो समयदेखि कलेजोको संक्रमणले ग्रसित ४५ वर्षीय मण्डलको मंगलवार सांझ भारतमा निधन भएको हो ।

 

युवा संघकी केन्द्रीय सचिव मञ्जु यादवकाअनुसार उनलाई २ सातादेखि उपचारका लागि पटनास्थित इन्दिरा गान्धी अस्पतालमा भर्ना गरिएको थियो ।

 

महोत्तरीको  एकडारा गाउपालिकाको भटौलियाका सथानीय वासिन्दा मण्डल विद्यार्थीकालदेखिनै वाम राजनीतिमा सक्रिय थिए ।

 

 

उनि २०४६ सालदेखी नै एमालेको राजनीतिमा सक्रिय थिए । मण्डलको निधनले पार्टीलाई ठुलो क्षती भएको एमालेले जनाएको छ ।