जनआन्दोलनमा सुरक्षाकर्मीको तीनवटा गोली खाएका पराजुली रहेनन्

जनआन्दोलनमा सुरक्षाकर्मीको तीनवटा गोली खाएका पराजुली रहेनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत– मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि ०६२-०६३ मा भएको जनआन्दोलनका घाइते पर्वतको कुश्मा नगरपालिका ९ कटुवाचौपारीका राम पराजुलीको निधन भएको छ।

काठमाडौंमा प्रदर्शनका क्रममा ३० चैत २०६२ मा सुरक्षाकर्मीको तीनवटा गोली खाएका ३६ वर्षीय पराजुलीको निधन भएको हो। खुट्टामा गोली लागेपछि उनी लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए।

त्यसपछि उनले भरतपुर क्यान्सर अस्पतालमा उपचार गराएपनि एउटा गोली निकाल्न पाएका थिएनन्। जनआन्दोलनका क्रममा तीन वटा गोली लागेपनि दुई वटा गोली खुट्टा छेडेर बाहिर गएको थियो। एउटा गोली निकाल्न बाँकी थियो।

आर्थिक अभावले पूर्ण उपचार गराउन नपाई निधन भएको परिवारजनले जनाएको छ।  पराजुलीको बुधबार मोदीबेनी घाटमा अन्त्येष्टि गरिएको छ।