बालुवाटारमा नेकपाको स्थायी समिति बैठक सुरु

बालुवाटारमा नेकपाको स्थायी समिति बैठक सुरु


काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा विधानमा देखिएका त्रुटी सच्याउने विषयमा छलफल हुँदैछ।

बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले विधानका विवाद समाधानका लागि स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो ।दिउँसो ३ बजेका लागि बोलाइएको स्थायी समिति बैठक एक घण्टा ढिलागरी ४ बजे सुरु भएको हो।

विधानमा देखिएको विवाद समाधानका लागि बैठक बसेर छलफल गर्ने बताइएको भए पनि अध्यक्षद्वय केपी शर्मा ओली चीन र पुष्पकमल दाहाल सिंगापुर गएपछि बैठक बस्न सकेको थिएन। नेकपाको विधानमा अनुशासन आयोगलाई कमजोर बनाइएको भन्दै पार्टी्भित्र असन्तुष्टि समेत व्यक्त भएको थियो ।