संसदमा एक्सन लिने तयारीमा सभामुख, कांग्रेसले नाम नपठाए ‘अधिकार’ प्रयोग गर्ने

संसदमा एक्सन लिने तयारीमा सभामुख, कांग्रेसले नाम नपठाए ‘अधिकार’ प्रयोग गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख कृष्णबहादुर महराले संघीय संसदमा विभिन्न संसदीय समितिमा रहने सदस्यको नाम यथाशीघ्र उपलब्ध गराउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग आग्रह गरेका छन्।

सिंहदरबारस्थित आफ्नै सचिवालयमा पत्रकारसँग कुराकानी गर्दै सभामुख महराले एक साताभित्र संसदीय समितिले पूर्णता पाउने र शुक्रबारको बैठकमा केही समितिको गठन हुने सम्भावना रहेकोसमेत जानकारी दिए।

उनले अब पनि नाम नपठाए सभामुखलाई प्राप्त अधिकारको प्रयोग गर्दै अगाडि बढ्ने चेतावनी दिए। ‘अब नेपाली कांग्रेसलाई ुछोटो समय पर्खिनेु र नआए आफ्नो अधिकार प्रयोग गर्दै एक हप्ताभित्र समिति गठन हुुन्छ,’ उनले भने।

सभामुुख महराका अनुसार संसदीय समितिका लागि राष्ट्रिय जनता पार्टी नेपालले पनि नाम पठाएको छैन।  उनले राजपाले केही समितिका लागि नाम पठाए पनि कानुनी रूपमा औपचारिक चिठी नपठाएको बताए।

कुन समितिमा को सांसद रहने भनेर कांग्रेसलाई नाम पठाउनभन्दा नेपाली कांग्रेसले संसदीय समितिका कति सभापति आफ्नो भागमा पर्छन् भन्ने स्पष्ट हुनुपर्ने माग गर्दै नाम नपठाएको बताइएको छ।

सभामुख महाराले संविधान कार्यान्वयनका क्रममा आगामी असोज २ गतेभित्र धेरै ऐन जारी भइसक्नुपर्ने भएकाले सरकारलाई कानूनका विधेयक संसद्मा पठाउन पनि आग्रह गरे।