शिवम् सिमेन्टद्धारा गण्डकी प्रदेशका ५ सय बढी निर्माणकर्मीहरुको जोखिम बीमा

शिवम् सिमेन्टद्धारा गण्डकी प्रदेशका ५ सय बढी निर्माणकर्मीहरुको जोखिम बीमा


काठमाण्डु – शिवम् सिमेन्ट लिमिटेडले गण्डकी प्रदेशका ५ सय बढी निर्माणकर्मीहरुको जोखिम बीमा गरेको छ । निर्माण सम्बन्धी प्राविधिक अन्तरक्रिया कार्यक्रममा पोखरासहित गण्डकीका विभिन्न १० स्थानमा ५ सय बढी निर्माणकर्मीहरुको जोखिम बिमा गरेको हो ।

सो अन्र्तक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको थियो ।

स्याङ्जा, लनहु, लमजुङ, गोरखा, बाग्लुङ लगायत जिल्लाका विभिन्न १० स्थानमा ५ सय बढि निर्माण कर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १५ सय बढी निर्माणकर्मीहरुसंग अन्तक्रिया तथा उनीहरुको जोखिम बीमा सम्पन्न गरी सकेको छ ।

कार्यक्रममा निर्माणकर्मीहरुलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो ।

शिवम् सिमेन्टले चरणबद्ध रुपमा देशका विभिन्न स्थानहरुमा नियमित रुपमा निर्माण कर्मीहरुसंग प्राविधिक अन्तक्रिया तथा बीमा कार्यक्रम गर्दै आईरहेको छ ।

पहिलो चरण अन्र्तगत शिवम् सिमेन्टले भाद्र तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढि निर्माणकर्मीहरुसंग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम बीमा गराई सकेको कम्पनीका प्रतिनिधीले बताएका छन् । शिवम् सिमेन्टले निरन्तर रुपमा विक्रि पछिको निःशुल्क प्राविधिक सेवा समेत दिदै आहिरहेको छ ।