काठमाण्डु – ज्योति विकास बैंकले उपल्लो डोल्पाका ५० जना विद्यार्थीहरुलाई २ लाख रुपैँया सहयोग गरेको छ । उपल्लो डोल्पाको न्यासिल गाउँमा रहेको यान्जेर गुम्बा विद्यालयका विद्यार्थीहरुको लागि हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एचडीआई) को “प्रोजेक्ट ज्योति” मार्फत् आर्थीक सहयोग गरिएको बैंकले जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले हिमालयन डेभलपमेन्ट इनिसियटिभका अध्यक्ष पेमा छिरिङ गुरुङ लाई रकम प्रदान गरेका हुन् । ज्योती विकास बैंकबाट प्राप्त रकमले यान्जेर गुम्बा विद्यालयका ५० जना विद्यार्थीलाई सोलार तथा विधुतिय माध्यम द्वारा चार्ज हुने बत्तीहरू वितरण गरेको बताइएको छ ।
विधुतिय सेवाबाट वन्चित न्यासिल गाउँका यान्जेर गुम्बा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई घरमा पनि अध्ययन गर्न थप सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ । प्रोजेक्ट ज्योतिू परियोजनामा एचडीआई र राष्ट्रिय आविष्कार केन्द्रको संगको सहकार्यमा यान्जेर गुम्बा विद्यालयमा सोलार प्यानल र उच्च क्षमताको पावर वाल निर्माण गरि जडान गरिने छ।
ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ। ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।
प्रतिक्रिया