शसस्त्रको मध्यक्षेत्रको प्रमुखमा कविन्द्रमानले पाए जिम्मेवारी,रेकर्ड सच्याउने डिआईजी सिंह अदालतको शरणमा

शसस्त्रको मध्यक्षेत्रको प्रमुखमा कविन्द्रमानले पाए जिम्मेवारी,रेकर्ड सच्याउने डिआईजी सिंह अदालतको शरणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– शसस्त्र प्रहरी बलले मध्यक्षेत्रको बाहिनीपतिमा डिआईजी कविन्द्रमान श्रेष्ठलाई पठाएको छ । हाल मध्यक्षेत्रका प्रमुख रहेका डिआईजी नरेन्द्र सिंहले रेकर्ड सच्याएको प्रमाणित भएपछि उनले डिआईजीबाटै अवकास पाएका थिए ।

 

 

 

डिआईजी  श्रेष्ठलाई सिंहको ठाउमा मध्यक्षेत्र प्रमुखको जिम्मेवारी दिइएको हो । गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै डिआईजी श्रेष्ठलाई उक्त जिम्मेवारी दिएको हो । उनि प्रशासन विभागमा कार्यरत थिए ।

 

 

डिआईजी श्रेष्ठ सेनाबाट शसस्त्रमा आएका उच्च अधिकारी हुन । उनले शसस्त्रमा हालका बहालवाला एआईजीभन्दा पहिले नै सेनामा अधिकृत क्याडेटका रुपमा सेवा प्रवेश गरेका थिए ।

 

सिंह अदालतको शरणमा
रेकर्ड सच्याएर जागिर खाएको आरोपमा बर्खास्तीमा परेका डिआईजी नरेन्द्र सिंह सर्वोच्च अदालतको शरणमा पुगेका छन् । प्रहरीको कितावखानाले सिंहले रेकर्ड सच्याएर दुई वर्षभन्दा बढी जागिर खाएको भन्दै उनीबाट उक्त अवधीको तलव भत्ता फिर्ता गर्न गृहमन्त्रालय र शसस्त्र मुख्यालयलाई पत्र पठाएपछि उनलाई अवकास दिने निर्णय गृहले गरेको थियो ।

 

 

 

डिआईजी सिंहले  विहिबार सर्वोच्चमा उक्त निर्णयको विरुद्ध रिट दायर गरेका थिए ।  सिंहले रेकर्ड सच्याएको सम्पुर्ण कागजातले प्रमाणित गरीसकेपछि पनि उनि  अदालत पुगेका हुन । उनले प्रहरी कितावखाना,गृहमन्त्रालय,गृहसचिव र शसस्त्र प्रहरी महानिरीक्षकलगायतलाई विपक्षी बनाएका हुन ।

 

 

अदालतले सिंहको रिटमा सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको छ । सिंह आर्थीक रुपमा समेत निकै अपादर्शी शसस्त्रका उच्च अधिकारी हुन  । उनी दुई पटक क्षेत्रको प्रमुख बन्न पाउने शसस्त्रका भाग्यमानी पुर्व डिआईजी समेत हुन ।