नेसनल हाइड्रोको नाफामा उछाल, वितरणयोग्य रकम ५८ करोड ७४ लाख

नेसनल हाइड्रोको नाफामा उछाल, वितरणयोग्य रकम ५८ करोड ७४ लाख


काठमाण्डु – नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले ५८ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले ५८ करोड ७४ लाख रुपैयां नाफा कमाएको उल्लेख गरेको छ ।

कम्पनीको गत वर्ष यही अवधिमा २ करोड ३७ लाख रुपैया नाफा आर्जन गरेको थियो । नेशनल हाईड्रोको समीक्षा अवधिमा वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४१.३१ रुपैयां र प्रतिसेयर नेटवर्थ ११६.७६ रुपैयां रहेको छ ।

चुक्तापुंजी १ अर्ब ३८ करोड रुपैयां रहेको कम्पनीको रिजर्भमा २३ करोड २२ रुपैयां रहेको छ । तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको बोलकबोलमा गरिएको लगानीमध्ये ६१ करोड ७२ लाख रुपैयां प्रोभिजन राइट ब्याक गरेकोले कम्पनीको नाफा बढेको हो ।