बेल्जियमसंग पराजित भएपछि ब्राजिल प्रतियोगिताबाट बाहिरियो

बेल्जियमसंग पराजित भएपछि ब्राजिल प्रतियोगिताबाट बाहिरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ऐजेन्सी–विश्वकपको उपाधी दाबेदार मानिएको ब्राजिल रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । शुक्रबार राति भएको खेलमा बेल्जियमसंग २–१ ले पराजित हुंदै ब्राजिल प्रतियोगिताबाटै बाहिरिएको हो ।

खेलमा ब्राजिलका मिडफिल्डर फर्नान्डिन्होले आत्मघाती गरेका थिए । खेलको १३ औं मिनेटमा कर्णरबाट बेल्जियमका भिन्सेन्ट कोम्पनीले छोएर अघि बढेको अवस्थामा ब्राजिलका मिडफिल्डर फर्नान्डिन्होले क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो । बेल्जियमसंग निकै राम्रो खेल खेलेको ब्राजिल गोल गर्न भने सफल हुन सकेन् ।

बेल्जियमका केभिनले खेलको ३१ औ मिनेटमा अर्को उत्कृष्ट गोल गरेपछि बेल्जियमले ब्राजिलविरुद्ध २–० को अग्रता लियो ।

पहिलो हाफमा दुई शून्यले पछि परेको ब्राजिलले ७६ औं मिनेटमा फिलिपे कोटिन्होले दिएको उत्कृष्ट हाई भली पासललाई रेनाटोले हेडमार्फत गोल गरेका थिए । त्यसपछि कुनै गोल हुन नसक्दा ब्राजिल २–१ ले पराजित भएको हो ।