एजेन्सी -इंग्ल्यान्ड रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । स्वीडेनलाई २–० को गोलअन्तरले पराजित गर्दै २८ वर्षपछि इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको हो ।
इंग्ल्यान्डको तर्फबाट ह्यारी मागुइरे र डेले अलीले एक –एक गोल गरे । इंग्लयान्डका लागि ह्यारी मागुइरेले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । खेलको ३० औं मिनेटमा मागुइरेले र ५९ औं मिनेटमा डेलेले गोल गर्दै इंग्लयाण्डले खेलमा अग्रता लिएको थियो ।
दोस्रो हाफमा निकै राम्रो खेल खेलेको स्वीडेन यो खेलमा पराजित भएसंगै विश्वकपबाट बाहिरिएको छ ।
प्रतिक्रिया