ललितपुरमा फेरी पड्कियो शक्तिशाली बम,काठमाडौं र ललितपुरमा ठुलो संख्यामा प्रहरी परिचालन

ललितपुरमा फेरी पड्कियो शक्तिशाली बम,काठमाडौं र ललितपुरमा ठुलो संख्यामा प्रहरी परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ– ललितपुरको कुपन्डोल नजिकै बम विस्फोट भएको छ । काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुकले बम विस्फोटमा कुनै मानविय क्षती भने नभएको बताए ।

वम विस्फोटको आवाज सुनिएपछि स्थानिय वासिन्दा एकछिन घर बाहिर निस्केका थिए । कुपोण्डोलबाट युएनपार्क जाने बाटोमा वम विस्फोट भएको धानुकले जानकारी दिए ।

 

 

 

ललितपुरमा बम विस्फोट भएपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । काठमाडौंका विभिन्न स्थानमा प्रहरीले सुरक्षा चेक जांचलाई निकै कडा पारेको छ ।  काठमाडौं प्रहरी प्रमुख धानुकले घटनामा संलग्नको खोजी भइरहेको बताए ।

 

 

 

यसअघी ललितपुरमै वाम गठवन्धनको सभा भइरहेको बेला सभानजिकै बम विस्फोट भएको थियो ।

 

चुनावलाई लक्षित गरेर देशका विभिन्न भागमा वम विस्फोटका घटनाहरु बढिरहेका छन् । प्रहरीले अहिलेसम्म वम विस्फोटका घटनामा संलग्नको पहिचान गर्न सकेको छैन ।