उपकुलपति कोइरालामाथि भएको व्यवहारको कांग्रेसद्धारा विरोध

उपकुलपति कोइरालामाथि भएको व्यवहारको कांग्रेसद्धारा विरोध


काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा आयोजना हुने कार्यक्रममा सहभागी हुनबाट रोकिएको थियो ।

उनलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाटै फर्काएर बालुवाटारमा स्पष्टिकरण लिइएको हो ।

राष्ट्रियसभाको आजको बैठकमा नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले उपकुलपति कोइरालालाई क्यानडामा आयोजना हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनबाट रोकेर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए ।

क्यानाडामा सोमबारदेखि आयोजना हुने १८औँ विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै क्यानडा जाने क्रममा उनलाई प्रहरीले रोकेको थियो ।