विवाहपञ्चमीमा शौर्य सिमेन्टको शिविर, १० हजार बढीलाई सेवा प्रदान

विवाहपञ्चमीमा शौर्य सिमेन्टको शिविर, १० हजार बढीलाई सेवा प्रदान


जनकपुरधाम – जनकपुरधाममा भएको विवाहपञ्चमि महोत्सवमा शौर्य सिमेन्टको प्रायेजन र विजय लक्ष्मी मिडिया फाउन्डेशनको आयोजनामा नि:शुल्क शिविरको आयोजना गरेको छ ।

विवाहपञ्चमि महोत्सवमा आउने दर्शनार्थिहरुको सेवा सत्कारको लागि यो शिविरको आयोजना गरिएको थियो। शौर्य सिमेन्टबाट आयोजीत उक्त नि शुल्क शिविरमा दर्शनार्थिहरुको लागी चिया पानीको व्यवस्था गरिएको थियो ।

सेवाभावले आयोजना गरिएको उक्त शिविरबाट १० हजार भन्दा बढिलाई सेवा प्रदान गरिएको थियो । मंसिर २२ गते भएको रामसीता विवाहोत्सवमा नेपाल र भारतका विभिन्न स्थानहरुबाट दर्शनार्थिहरु आउने गर्दछन् साथै प्रत्येक वर्ष अयोध्याबाट जन्ती आउने गर्दछन् । यस अवसरमा जनकपुरधाममा जानकी मन्दिरले विभिन्न वैवाहिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

साथै यस अवसरमा शौर्य सिमेन्टको नाटक पनि जनकपुरधामको राम चौकमा मंचन गरिएको थियो साथै शौर्य सिमेन्टबाट सोधिएको प्रश्नहरुको सहि जवाफ दिने विजेताहरुलाई शौर्य सिमेन्टको तर्फबाट टिसर्ट पनि बाँडिएको थियो । साथै शौर्य सिमेन्ट मिथिला मधेशको उत्पादन रहेको हुनाले मिथिलाको कला संस्कृति परम्परामा कदम मा कदम मिलाउदै सदैव सेवा भावका लागी तत्पर रहने शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले जानकारी दिए ।