जनकपुरमा सांस्कृतिक प्रवर्द्धन र सामाजिक सेवा लक्षित जगदम्बा सुपर शाइनको निःशुल्क शिविर

जनकपुरमा सांस्कृतिक प्रवर्द्धन र सामाजिक सेवा लक्षित जगदम्बा सुपर शाइनको निःशुल्क शिविर


काठमाण्डु – जगदम्बा स्टिल अन्तर्गतको जगदम्बा सुपर शाइन र ग्याल्भा प्लसले निःशुल्क शिविरको आयोजना गरेको छ । सांस्कृतिक नगरी जनकपुर धाममा आयोजित विवाह पञ्चमी महोत्सवमा सहभागी हुने समस्त श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुका लागि आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यका साथ शिविरको आयोजना गरिएको हो ।

जगदम्बा सुपर शाइन र ग्याल्भा प्लसद्वारा संयुक्तरुपमा आयोजित उक्त शिविर मार्फत श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुका लागि निःशुल्क जलपानको ब्यवस्था गरिएको थियो । उक्त शिविर मार्फत हजारौँ श्रद्धालु भक्तजन, दर्शनार्थी, आगन्तुक लगायतले सेवा लिएका थिए ।

हजारौँ मानिसको सेवा गर्न पाउँदा निकै हर्षित तथा गौरवान्वित भएको कम्पनीले जनाएको छ । माता जानकी र भगवान रामको स्वयंवर भएको खुशीयालीमा जनकपुर धाममा हरेक बर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा छ । नेपाल लगायत भारतका विभिन्न स्थानबाट यसमा हजारौँ श्रद्धालु भक्तजनहरु सहभागी हुने गर्छन् ।