काठमाण्डु– अटोमोबाइल्स् एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । थापाले अध्यक्षका अर्का उम्मेदवार करण चौधरीलाई ६६ मतले पछि पार्दै जित हात पारेका हुन् । उनले पोखराबाट अटो व्यवसाय गर्दै आएका थिए ।
थापा गण्डकी प्रदेशका मन्त्री विन्दु कुमार थापाका भाई समेत हुन । अध्यक्षमा निर्वाचित थापाले १४ सय १३ मत ल्याए भने चौधरीले १३ सय ४७ मत पाए । नाडाको चुनावमा २ हजार ७ सय ८८ मत खसेको थियो ।
१७ जना कार्यसमितिको लागी भएको निर्वाचनमा १२ जना करण चौधरीको प्यानल र ५ जना थापा प्यानलबाट निर्वाचित भएका छन् । चौधरीको समूहबाट मिलनबाबु मल्ल (१४६४), अनुप कुमार बराल (१४६२), राजनबाबु श्रेष्ठ (१४५६), सुरेन्द्र कुमार उप्रेती (१४३०), सुनिल रिजाल (१४०१), अभिक ज्योति (१३८२), प्रकाश कपुरी (१३७८) र बिक्रम सिंघानिया (१३७०) मत ल्याएर विजयी भएका छन् ।
यस्तै, निलमणि पाठक (१३५३), बरदान बस्नेत (१३५३) र पंकज अग्रवालले (१३३७ मत) पाएका छन् । थापाको समूहबाट निराकर श्रेष्ठ (१३६४), यमुना श्रेष्ठ (१३६२), कपिल शिवाकोटी (१३४९), प्रदीपमान प्रधान (१३४७) र आकाश गोल्छा (१३४४) मत ल्याए विजयी भएका छन् ।
प्रतिक्रिया