गृहमन्त्री थापाले भने : डा. केसी र गंगामायाका माग सम्बोधन हुन्छन्

गृहमन्त्री थापाले भने : डा. केसी र गंगामायाका माग सम्बोधन हुन्छन्


काठमाडौं – चिकित्सासम्बन्धी विधेयक सदनमा प्रस्तुत भएकाले प्रा डा गोविन्द केसीले उठाएका माग लोकतान्त्रिक तवरले सम्बोधन गरिने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

राष्ट्रियसभाको आईतबारको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै उनले प्रा .डा. केसी र गांगामाया अधिकारीका माग सम्बोधन हुने बताए ।

गृहमन्त्रीले बाढी र पहिरोजस्ता प्राकृतिक विपत्बाट २४ जनाको मृत्यु भएको तथा मानवीय एवं भौतिक क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालय सक्रियतापूर्वक लागेको समेत जानकारी दिए। उनले दुर्गम क्षेत्रमा प्रहरीचौकीको व्यवस्था गरी जनताको सुरक्षा व्यवस्था गरिने बताए ।

द्वन्द्वकालीन घाइतेका विषयमा मन्त्रालयले व्यवःथापन गर्न लागिपरेको जानकारी उनले दिए। गृहमन्त्री बादलले शान्ति सुरक्षालाई स्थापित गर्ने र विपद्मा आधारभूत सेवा र्पुयाउनका लागि ५४ अर्ब रुपैयाँ बजेट विनियोजन भएको र सो बजेटको ४ प्रतिशत राहत तथा उद्धारमा लगाइएको बताए।

गृहमन्त्री थापाले विदेश भ्रमणमा जाँदा उपकुलपतिले कुलपतिलाई जानकारी दिनुपर्ने भए पनि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइराला जानकारीबिना क्यानडा जान लागेकाले फर्काउनु परेको स्पष्ट गरे।