चुनावको मुखमै बुटवल किन पुगे प्रधानसेनापति?

चुनावको मुखमै बुटवल किन पुगे प्रधानसेनापति?


काठमाडौं– प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले बुटवलस्थित श्री मध्य पश्चिम पृतना हेडक्वार्टरको निरीक्षण गरेका छन्।

 

 

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त पृतनाको स्थलगत बस्तुस्थिति, अपरेशन, तालिम, बन्दोबस्ती लगायत मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित बातावरणमा सम्पन्न गराउन भएका तयारीहरुको बिषयमा जानकारी हासिल गरेका थिए।

 

 

 

सोही अवसरमा उनले चितवन जिल्लाको मेघौलीमा प्यारा तालिम शिक्षालयद्वारा एमआई १७ हेलिकप्टरबाट भएको परिक्षण जम्प र युद्धभैरव गणबाट प्रस्तुत गरिएको ड्रोन उडान प्रर्दशनीको अवलोकन समेत गरेका थिए।

 

 

उिक्त दुबै कार्यक्रमहरु सम्पन्न गरी प्रधानसेनापति क्षत्री शुक्रबार नै काठमाडौं फिर्ता भएका छन्।