काठमाण्डु – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार दुई खेल हुँदैछन् । आज दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा संकटा र नेपाल पुलिस क्लब आमनेसामने हुनेछन्। यसैगरी अपरान्ह पौने ५ बजे सुरु हुने खेलमा जावलाखेल र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।
तीन खेलपछि नेपाल पुलिस र संकटाको ५/५ तथा ब्रिगेड ब्वाइजको ४ अंक रहेको छ भने जावलाखेलले अंक जोड्न सकेको छैन । शीर्षस्थानमा रहेको मच्छिन्द्र क्लबको ४ खेलबाट १० अंक छ । समान खेलबाट १० अंक भएको मनाङ मस्र्याङ्दी क्लब दोस्रोमा छ। तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको ४ खेलबाट ८ अंक छ। सातदोबाटो युथ क्लबको पनि ७ अंक छ ।
प्रतिक्रिया