ओलीले चुनावपछिको विजयसभामा उपस्थिती हुने भन्दै मौन समयको दुई दिन अघि नै झापा छोडे

ओलीले चुनावपछिको विजयसभामा उपस्थिती हुने भन्दै मौन समयको दुई दिन अघि नै झापा छोडे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी मैझारो गरेका छन् ।  झापा क्षेत्र नम्बर ५ बाट बाम गठवन्धनको तर्फबाट प्रतिनिधीसभाको लागी साझा उम्मेदवार रहेका ओलीले चुनावको मौन समयको दुई दिन अघि नै चुनावी प्रचार सकिएको घोषणा गरेका हुन ।  

 

 

झापामा शनिवार आयोजित सभालाई सम्वोधन गर्दै ओलीले आफ्नो क्षेत्रका मतदातासंग चुनावपछि भेट्ने वाचा गर्दै चुनावी कार्यक्रम सकिएको घोषणा गरे ।

 

 

कार्यक्रममा ओलीले तराईका अन्य जिल्लामा समय दिनुपर्ने भएकाले दमकको शनिवारको कार्यक्रम नै आफ्नो अन्तिम कार्यक्रम भएको बताए । उनले आफ्नो क्षेत्रका मतदातालाई चुनावपछिको विजय उत्सवमा भेट्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

 

 

ओलीसंग नेपाली कांग्रेसको तर्फबाट काठमाडौंको त्रिचन्द्र कलेजका प्राध्यापक समेत रहेका खगेन्द्र अधिकारी चुनावी प्रतिस्पर्धामा छन् ।