शौर्य सिमेन्टले पायो ५३ ग्रेडको मान्यता

शौर्य सिमेन्टले पायो ५३ ग्रेडको मान्यता


काठमाण्डु – उदयपुरको चुनढुंगाबाट उत्पादित शौर्य सिमेन्टले ५३ ग्रेडको मानयता पाएको छ । भर्खरै नेपाली बजारमा आगमन गरेको यस सिमेन्टले सानो समयमै उक्त उपलब्धि हात पार्न सफल भएको हो ।

यसै शुभ अवसरमा शौर्य सिमेन्टले पौष मसान्तसम्म आफ्नो सबै ग्राहकहरुलाई ४३ ग्रेडको मूल्यमा ५३ ग्रेडको सिमेन्ट उपलब्द गराउने भएको छ । सिरहाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्टले ओपिसी, पिएससी सिमेन्टहरु उत्त्पादन गर्दछ ।

आगामी दिनमा पीपीसी र लो अल्काली सिमेन्टको उत्पादन प्रक्रियामा रहेको एस उद्योगले नेपालमै पहिलो पल्ट लो अल्काली सिमेन्टको उत्पादन गर्ने पहिलो सिमेन्ट उद्योग रहेको छ ।

जसमध्य लो अल्कली सिमेन्ट उत्त्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो कम्पनी रहेको छ । यसले दैनिक ७० हजार बोरा सहित ३५०० मेट्रिकटन उत्त्पादनको क्षमता राख्दछ जसले देशभरिको बजार माग सजिलै धान्न सक्दछ ।

यसको मुख्य कच्चा पदार्थको स्रोत उदयपुर को सुन जस्तो चुनढुंगा रहेको छ । यस चुनढुंगामा अलुमिनियम र मग्नेसियमको मात्रा एकदम कम रहेको हुनाले यसबाट उत्त्पादित क्लिन्कर उच्च गुणस्तरको रहने पाइन्छ ।