काठमाण्डु – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (एसीसी) ले यु–१९ एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ । एसीसीले मंगलबार प्रतियोगिताको समूह विभाजन सहित खेल तालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक तालिकाअनुसार नेपाल समूह बी मा रहेको छ । नेपाल सम्मिलित समूहमा बंगलादेश, श्रीलंका र कुवेत रहेका छन् ।नेपाल राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेलमा २३ डिसेम्बरमा बंगलादेशको सामना गर्दै सुरुआत गर्नेछ ।
यस्तै दोस्रो खेलमा २६ डिसेम्बरमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दा अन्तिम खेलमा २८ डिसेम्बर कुवेतको चुनौती पेस गर्नेछ । यस्तै समूह ए मा भारत, अफगानिस्तान, युएई र पाकिस्तान रहेका छन् ।
प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान) ले गत आइतबार सम्पन्न वाइवाई यु –१९ राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताबाट २० खेलाडीलाई छनोटमा बोलाएको थियो । प्रतियोगिताको फाइनल खेल ३१ तारिखमा हुनेछ ।
प्रतिक्रिया