कप्तान मल्लसहित ४ क्रिकेटरलाई पदमुक्त गर्ने क्यानको निर्णय, नयाँ कप्तान सन्दीप

कप्तान मल्लसहित ४ क्रिकेटरलाई पदमुक्त गर्ने क्यानको निर्णय, नयाँ कप्तान सन्दीप


काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरेको छ ।

क्यानको बुधबार बसेको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै मल्ललाई कारबाही गरेको हो । त्यस्तै उपकप्तानबाट दीपेन्द्र सिंह ऐरिलाई पनि पद मुक्त गर्ने निर्णय गरेको क्यानले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

मल्ल, ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्राक्टमा सुरुको ६ महिना सहभागी नगराउने निर्णयसमेत क्यानले गरेको छ ।

संघले गठन गरेको अनुशासन उल्लंघन सम्बन्धी छानविन समितिले गरेको सिफारिस बमोजिम आचारसंहिता उल्लंघन आरोपमा कारवाही गरिएको क्यानले जनाएको छ ।

खेलाडी वर्गीकरणमा भएको त्रुटीको विषयमा कप्तान मल्लले असन्तुष्टी पोख्दै आएका थिए । त्यस्तै नयाँ कप्तानमा सन्दिप लामिछानेलाई चयन गरेको छ ।