कृषि विकास बैंकको चार करोड ९१ लाख पेन्डिङमा देखाएर हिनामिना, कर्मचारी पक्राउ

कृषि विकास बैंकको चार करोड ९१ लाख पेन्डिङमा देखाएर हिनामिना, कर्मचारी पक्राउ


काठमाडौं– कृषि विकास बैंक न्यूरोड शाखाको चार करोड ९१ लाख रकम पेन्डिङमा देखाएर हिनामिना गरेको अभियोगमा बैंककै कर्मचाचीसहित तीन जना पक्राउ परेका छन्।

 

 

 

 

रकम हिनामाना गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंककै कर्मचारी (सहायक टेलर) दिपिका रेग्मी, बालाजुका प्रकाश घतानी र दोलखा घर भई काठमाडौंमा बस्दै आएका रेमशकुमार थापालाई पक्राउ गरेको हो।

 

 

 

बैंकको न्यूरोड शाखाबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेण्डिङ भएको देखाएर रकबम हिनामिना गरेको पाइएको सीआईबीले जनाएको छ।

 

 

 

सहायक टेलर रेग्मीले सेवाग्राहीले जम्मा गरेको चेक ‘इलेक्ट्रोनिक चेक क्लियरेन्स’ (ईसीसी) मार्फत सम्वन्धित सेवाग्राहीको खातामा जम्मा गरेपछि भुक्तानी वापत जेनेरेट गरेको रिपोर्टलाई इडिट गरेर त्यही चेक पुनः प्रयोग गरेको र बैंकमा रहेको आफ्नो र आफन्तको खातामा रकम जम्मा गरेको खुल्न आएको सीआईबीको दाबी छ।

 

उच्च अदालत पाटनबाट ५ दिनको म्याद लिएर तीनै जनामाथ बैंकिङ कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ।