काठमाण्डु – साबिक उपविजेता नेपाल बंगलादेशमा जारी यु– १९ महिला साफ च्याम्पियनसिपबाट बाहिरिएको छ ।
आइतबार भारतसँग पराजित नेपाललाई फाइनल पुग्न झिनो आशा रहे पनि बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपाल फाइनल पुग्न बन्चित भएको हो ।
भारतसँग पराजित भएपछि नेपाललाई फाइनल पुग्न श्रीलंकाले बंगलादेशलाई पराजित गर्नुपर्ने अवस्था थियो । तर खेलमा साविक बिजेता बंगलादेश १२–० ले विजयी भएपछि बंगलादेश १० अंक बनाउदै विजेताको रुपमा फाइनल पुगेको हो ।
यता, अन्तिम खेलमा नेपाललाई पराजित गरेको भारतले ९ अंक बनायो । भारत शीर्ष दुईमा रहेर फाइनल पुग्यो । तेस्रो स्थानमा रहेको नेपालको ७ अंक रह्यो । भुटान तेस्रो स्थानमा रह्यो भने श्रीलंका पुछारमा रह्यो ।
यसअघि भारतसँग १–० ले पराजित भएपछि नेपाली टोलीको फाइनल प्रवेश सम्भावना न्यून बनेको थियो ।
पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको नेपाली टोलीले दोस्रो खेलमा श्रीलंकालाई ६–० र तेस्रो खेलमा भुटानलाई ४–० ले हराउँदै च्याम्पियनसिपको फाइनल प्रवेश सम्भावना बलियो पारेको थियो ।
प्रतिक्रिया