काठमाण्डु – लगातार ओरालोमा देखिएको सेयर बजार हिजो देखि भने बढ्न थालेको छ । हिजो मङ्गलवार ५७ अङ्कले बढेको नेप्से आज ९२ दशमलव १६ अङ्कले बढेर दुई हजार पाँच सय सात दशमलव ७० विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा व्यापार, विकास बैंक, जलविद्युत्, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । आज दुई सय ३३ कम्पनीको शेयर कारोबार भएकोमा जम्मा १३ वटा कम्पनीको शेयर मात्रै सामान्य घटेको छ ।
आज ८१ लाख चार हजार कित्ता शेयर चार अर्ब ५२ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ । बजारमा देखिएको सुधारले अब लगानीकर्ता केही संयम अवस्थामा देखिएका छन । दुई दिनको बजार उकालो लाग्नाले अब सम्हालिने अनुमान भइरहेका छन्।
प्रतिक्रिया