काठमाण्डु – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो जित निकाल्ने दाउ सहित एसियन सेन्ट्रल जोनमा आज माल्दिभ्सविरुद्ध कोर्टमा उत्रिदै छ । बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा महिला टोलीले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ३–२ को जित हात पारेको थियो ।
श्रीलंकाविरुद्ध जित निकाले पनि खेलाडीको प्रदर्शनबाट सन्तुष्ट नभएका प्रशिक्षक जगदिश भट्टले माल्दिभ्सविरुद्व टोलीले उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । नेपाल र माल्दिभ्सको खेल आज दिउँसो ११ः१५ बजे हुनेछ । आजै हुने पुरुषतर्फको खेलमा नेपाली टोली उज्वेकिस्तानविरुद्व पहिलो जितको खोजीमा हुनेछ । खेल साँझ ५ः४५ बजे हुनेछ ।
प्रतियोगितामा आफ्नो दोस्रो खेल खेल्न लागेको पुरुष टोली बिहिवार आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।राउन्ड रोबिन पद्धतिको आधारमा हुने खेलमा शीर्ष दुई टोलिले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।यादव निर्वाचित
निधिलाई गृह प्रदेशमै धक्का
प्रतिक्रिया