१२ सय अंकभन्दा तल र्झयो नेप्से

१२ सय अंकभन्दा तल र्झयो नेप्से


काठमाडौं आर्थिक वर्ष २०७५-७६ को मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्टै सेयर बजार दोहोरो अंकले घटेको छ ।

कारोबारको अधिकांश समय अधिकांश समूहको परिसूचकमा रातो बत्ती बल्दा साताको अन्तिम दिन बिहीबार सेयर बजार १३ दशमलब ६६ अंकले ओरालो लागेको हो ।

१२०५ दशमलव ६७ बाट शुरु भएको कारोबार १३ दशमलव ६६ अंकले घट्दा ११९१ दशमलव ९८ को विन्दुमा आइपुगेर कारोबार बन्द भएको छ । कारोबार खुला भएको केही समय उकालो लागेको बजार धेरैबेर टिक्न सकेन ।कारोबार रकम भने बिहीबार ४५ करोड ४४ लाख ६ हजार २ सय ५६ रुपैयाँ पुगेको छ ।

१६ लाख २० हजार ८ सय ८० कित्ता सेयर किनबेच हुँदा ४५ करोड ४४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो । लामो सय सेयर बजार ओरालो लागेर हैरान भएका लगानीकर्ताहरु मौद्रिक नीति आए पछि बढ्ने आशामा बसेका थिए । तर, अपेक्षा अनुसारको मौद्रिक नीति नआएको भन्दै पूँजी बजारका लगानीकर्ताहरु निराश भएका छन् ।

बुधबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा केही राम्रा व्यवस्थाहरु गरिएको भए पनि बैंकहरुले सेयर धितोमा प्रबाह गर्ने कर्जाको सिमा घटाएको कारण लगानीकर्ताहरु सन्तुष्ट हुन नसकेका हुन् ।