काठमाण्डु – नयाँ वर्ष २०२२ को उपलक्ष्यमा भायानेटले उच्च स्पीडको मिनी इन्टरनेट प्लान ल्याएको छ । जसले थोरै इन्टरनेट प्रयोग हुने घरहरुमा सुपर–फाष्ट इन्टरनेट सस्तोमा प्रदान गर्ने भायानेटले दावी गरेको छ ।
यस मिनी प्लानअन्तर्गत भायानेटले मिनी ७५ प्याकमा वार्षिक ग्राहक बनी मात्र रू ८०० प्रतिमहिनामा ग्राहकहरुले ७५ एमबिपिएसको सुपर–फाष्ट इन्टरनेट पाउने दावी गरेको हो।
नयाँवर्षको अफरअन्तर्गत भायानेटले एनसेल सिम पनि निःशुल्क प्रदान गरिने जनाइको छ। उसका अनुसार यस सिममार्फत ग्राहकहरुले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डाटा पाउनेछन्।
त्यस्तै उक्त सिममार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डाटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउनेछन्।
भायानेटले दुई हप्ताअघि मात्र अल्ट्राफाई लाइनको प्रोडक्टहरु ल्याएको थियो। जुन इन्टरनेट प्लानले प्रयोगकर्तालाई उच्चतम इन्टरनेट स्पीड न्यूनतम मूल्यमा प्रदान गर्ने बताएको थियो। अल्ट्राफाई प्रोडक्ट लाइनहरुको विशेषता वार्षिक सदस्यता लिँदा मात्र एकहजार २५० प्रतिमहिनामा १७५ एमबिपिएस इन्टरनेट प्लानका साथै २ वटासम्म भायाटिभी प्याकेजको सदस्यता निःशुल्क रहेको कम्पनीले जनाएको छ।
मिनी इन्टरनेट प्रोडक्ट लाइनका साथ भायानेटले सर्वसाधारणलाई मात्र नभई उच्च स्पीड इन्टरनेट चाहिने तर कम इन्टरनेट प्रयोग हुने सीमित मार्केटको आवश्यकतासमेत पूरा गर्ने बताएको छ।
प्रतिक्रिया