मंगलबार सुन प्रतितोला ९०० ले घट्यो

मंगलबार सुन प्रतितोला ९०० ले घट्यो


काठमाण्डु – नेपाली बजारमा मंगलबार सुनको मूल्य ९०० ले घटेको छ । सोमबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएकोमा मगंलबार ९०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ७१ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ