चितवनमा रिङरोड निर्माण कार्य सुरु : प्रचण्डले भने ‘बजेटको अभाव हुन दिंदैन’

चितवनमा रिङरोड निर्माण कार्य सुरु : प्रचण्डले भने ‘बजेटको अभाव हुन दिंदैन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल मेयर भएको भरतपुर महानगरपालिकाले चितवनमा रिङरोड निर्माण गर्ने भएको छ । भरतपुरको घौलाघारी र भरतपुरमहानगरपालिकाको वडा नम्बर –३ पुलचोकतिरबाट रिङरोड निर्माण सुरु हुनेछ ।

चितवनबाट निर्वाचित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार रिंगरोडको शिलान्यास गरेका छन् । उनले रिङरोडले चितवन विकासमा महत्वपूर्ण योगदान पुग्ने भन्दै त्यसका लागी दुई अर्ब बजेट विनियोजन भइसकेको जानकारी दिए । उनले चितवनको विकासको लागी बजेटको चिन्ता नगर्न समेत आग्रह गरे ।

रिङरोड निर्माणको काम दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रिङरोडका लागी पुराना बाटोका साथै ८ किलोमिटर नयां ठाउबाट सडक विस्तार गर्ने तयारी छ । रिङरोडको कालो पत्रेको चौडाई भने ७ मिटरको हुनेछ ।

सडक निर्माणका लागि दुईवटा प्याकेज बनाएर काम सुरु गरिएको छ । भरतपुर महानगरपालिकामार्फत सञ्चालन हुने दुईवटै प्याकेजका विकास निर्माणमा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय चितवनले परामर्शदाताको रुपमा काम गर्नेछ । सघन शहरी विकास कार्यक्रमअन्तर्गत कालेपत्रे सडक तथा ढल निर्माण कार्य प्याकेज नम्बर एक र दुईमा विभिन्न निर्माण कम्पनीसंग निर्माण सम्झौता भई काम सुरु भइसकेको छ ।

कान्छाराम सन्तोषी डँफे जेभी र रमन शिवशक्ति जेभीले रिङरोड निर्माणको जिम्मा पाएको छ । रिङरोडको लागी तत्काल १ अर्ब ४६ करोड रकम विनियोजन भएको छ । पुर्व प्रधानमन्त्री प्रचण्ड चितवनबाट निर्वाचित भएसंगै उनि त्यहाको विकासको लागी सक्रिय भएर लागेका छन् ।

यो पनि पढ्नुहोस –

प्रचण्डको चितवन मोह : जनतासँग किन डराउँछन् शक्तिशाली पार्टीका अध्यक्ष ?