गृहमन्त्रीको निर्देशन पालना भएन, टिपरको ठक्करबाट एक बालिकाको मृत्यु

गृहमन्त्रीको निर्देशन पालना भएन, टिपरको ठक्करबाट एक बालिकाको मृत्यु


काठमाडौं–राजधानीको सोल्टीमोडमा टिपरले फेरी एक जनाको ज्यान लिएको छ । सरकारले उपत्यकामा बिहान पांच बजेदेखि राति आठ बजेसम्म टिपर चलाउन रोक लगाएको एक साता नबित्दै एक टिपरले शनिबार फेरि एक १८ बर्षिय युवतीकोे ज्यान लिएको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलले राति मात्र टिपर चलाउन दिएको निर्देशन उपत्यकामा लागु नभएको यो एउटा प्रमाण हो । राजधानीको सोल्टीमोडमा ना ७ ख ९४७५ नम्बरको टिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार १८ वर्षीया अनुजा घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक मोटरसाइकल चालक अनुजाका दाजु अनुज पनि टिपरको ठक्करबाट घांइते भएका छन् । महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलकाअनुसार घाइते अनुजाको बल्खुस्थित बयोधा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको छ । एसएसपी पोखरेलले टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।