गोविन्द केसीको समर्थनमा धनगढीमा प्रदर्शन

गोविन्द केसीको समर्थनमा धनगढीमा प्रदर्शन


धनगढी– चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा धनगढीमा पनि प्रदर्शन गरिएको छ । आम नागरीक समुहको नाममा शनिबार धनगढीको एलएन चौकमा प्रदर्शन गरिएको हो ।प्रदर्शनमा स्थानिय नागरिक अगुवा, चिकित्सक, सर्वसाधारण लगायत विभिन्न पेशा व्यवसायमा आवद्ध ब्यक्तिहरु सहभागी थिए ।

प्रदर्शनमा सहभागिहरुले नागरिक आवाज दवाउन पाईदैन, माफियामुखी चिकित्सा ऐन चाहिदैन लेखिएका व्यानर तथा प्ले कार्ड बोकेका थिए । उनिहरुले मौन प्रदर्शन गरेका हुन ।

जुम्लाबाट केसीले यस्तो भने –
चिकित्सा शिक्षा विधेयकमा गरिएको परिमार्जनको विरोधमा जुम्लामा अनशनरत डा. गोविन्द केसीले आफ्ना माग जस्तोको जस्तै पूरा नभएसम्म आफ्नो सत्याग्रह नतोड्ने बताएका छन् ।

जुम्लामा शनिबार आफ्ना समर्थकलाई सम्बोधन गर्दै डा. केसीले सरकारले विभिन्न बहाना बनाएर आफ्नो सत्याग्रह तोडाउने प्रयास गरेको आरोप लगाए ।

डा. केसीले अहिलेको सरकार आफूलाई भोट दिएका जनताको हक हितमा लाग्नु पर्नेमा उनीहरुहको हित विरुद्ध लागेको बताए ।