साउन १ देखि टेलिकमको सेवा शुल्क वृद्धि, ‘प्याक’ लिनेलाई थप आर्थिक भार नपर्ने

साउन १ देखि टेलिकमको सेवा शुल्क वृद्धि, ‘प्याक’ लिनेलाई थप आर्थिक भार नपर्ने


काठमाडौं – नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केही सेवामा टेलिकम सेवा शुल्क ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत र्पुयाएको छ।

त्यसैगरी डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने भएको छ। पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नु पर्दैनथ्यो। अब भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नु पर्ने भएको छ।

यसअनुरुप नेपाल टेलिकमले मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको छ । सो अफर आगामी साउन १ गते देखि लागू हुने कम्पनीले जनाएको छ ।एडीएसएल लगायत प्याकहरु विशेष लोकप्रिय भएकाले ग्राहकहरुलाई प्याकमार्फत थप आर्थिक भार नपर्ने गरी पहिलेकै दरमा उपलब्ध गराइएको छ ।

कम्पनीले पहिले देखि नै उपलब्ध गराएका विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजीरफोरजी १ जीबी पर डे प्याक, सीयूजी प्याकेज, भिडियो एन्ड टीभी स्ट्रिमिङ आवरली प्याक, एडीएसएलका विभिन्न प्याकेज र इन्डिया अफर अन्तर्गत डेली प्याक र विक्ली प्याक पहिलेकै दरमा उपलब्ध गराइनेछ ।

नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार विभिन्न प्याक तथा सेवाहरुमा मूल्य समायोजन गरिएको छ । अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटीटीएच लगायतका विभिन्न प्याकेजहरुको मूल्य समायोजन गरिएको छ । कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजहरुमा २५ देखि ५० प्रतिशतसम्म बोनस उपलब्ध गराइएको छ ।