काठमाण्डु – हप्ताको पहिलो दिन शेयर बजार ७३ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७३ दशमलव शून्य पाँच अङ्कले बढेर दुई हजार सात सय ६५ दशमलव ५२ विन्दुमा पुगेको हो ।
आज ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १३.२१ अंकले बढेर ५१९.३७ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कारोबार रकममा पनि उत्साहजनक बृद्धि भएको छ। आज कूल सात अर्ब १० करोड १८ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका कूल २३९ वटा कम्पनीका एक करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयर २ हजार ११३ पटक किनबेच भएका छन्। आज कारोबारमा आएका सबै उपसूचकको सेयर मूल्य उकालो लागेको छ। आज सबैभन्दा धेरै व्यापार समूहको सेयर मूल्य बढेको छ। यस समूहको सेयर मूल्य आज ६.० प्रतिशतले बढेको नेप्सेले जनाएकोे छ ।
प्रतिक्रिया