प्रधानसेनापति क्षत्रीको पहिलो राजनीतिक अन्तर्वार्ता : ‘माओवादी द्धन्द्धमा सम्मेलित तत्व,सेना अझै आउने बेला भएको छैन्’

प्रधानसेनापति क्षत्रीको पहिलो राजनीतिक अन्तर्वार्ता : ‘माओवादी द्धन्द्धमा सम्मेलित तत्व,सेना अझै आउने बेला भएको छैन्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले पहिलो राजनीतिक अन्र्तवार्ता दिएका छन् । सेनामा बहालवाला सेनापतिले राजनीतिक अन्र्तवार्ता दिएको यो विरलै घटना हो । प्रधानसेनापति क्षत्रीले एपी वान टेलिभिजनमा टिकाराम यात्रीसंग अन्र्तवार्ता दिदै कतिपय रणनितीक योजनाहरुको समेत खुलासा गरेका छन् ।

 

 

सेनापतिले विप्लव समुहले पछिल्लो समय गरेको चुनावविरोधी गतिविधीलाई उच्छृङगल गतिविधीको संज्ञा दिएका छन् । उनले मुलुक राजनीतिक परिवर्तको संघारमा भएकाले यस्ता खालका असन्तुष्टीलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।

 

 

 

उनले अन्र्तवार्तामा भनेका छन् ‘संविधान कार्यान्वयन गर्ने दिशामा मुलुक छ,यो चुनाव त्यसको अन्तिम विन्दु पनि हो, त्यसक्रममा छिटपुट बम प्लान्ट गर्ने कार्य पनि भएको छ ।

 

 

सवै पक्ष यो प्रक्रियामा सन्तुष्ट छन् भन्ने छैन् । समष्टीगत रुपमा ठुलो मात्रामा क्षती भने भएको छैन् । ’उनले नेपाली सेनाको उपस्थितीले क्षती कम भइरहेको दाबी समेत गरेका छन्

 

सिके रावत निगरानी भित्रै छ
प्रधानसेनापति क्षत्रीले तराईमा विखण्डनको नारा लिएर आन्दोलनरत सिके रावतको गतिविधीलाई सेनाले नजिकबाट हेरिरहेको दाबी गरेका छन् । उनले देशको संविधानको धारा २६७ ले नेपाली सेनालाई दिएको अधिकार सेनाले प्रयोग गर्ने चेतावनी समेत दिएका छन् । 

 

 

 

राष्ट्रियता र भौगलिक अखण्डताको सुरक्षा गर्ने जिम्मेवारी सेनाको भएको भन्दै क्षत्रीले त्यसमा शंका नगर्न आग्रह गरेका छन् ।

 

 

‘राज्यले सेनालाई सैनिक शक्तिको रुपमा स्थापित दिएको छ । त्यसैले हामीले पनि एउटा लक्ष्मण लेखा कोरेका छौ । देशमा यदी विखण्डनकारी गतिविधी भयो भने सेना मुकदर्शक हुदैन ।’ प्रधानसेनापतिले अन्र्तवार्तामा भनेका छन् ।

 

 

सेना देशभित्र मात्र नभएर विदेशमा पनि विश्वासिलो शक्ति भएको भन्दै प्रधानसेनापति क्षत्रीले विखण्डन गर्ने दिशामा कसैले लैजान खोज्यो भने त्यसको सेनाले शसक्त ढंगले प्रतिकार गर्ने चेतावनी समेत दिए ।

 

 

उनले नेपालको भुभाग छिमेकीविरुद्ध प्रयोग नहोस भन्नेमा सेनासधै  संवेदनशिल भएको दाबी समेत गरे । सेनापतिले सिके रावतको गतिविधीलाई निगरानी गर्न गुप्तचरलाई फोकस गरिएको जानकारी समेत अन्र्तवार्तामा दिएका छन् ।

 

नाकाबन्दी
तत्कालिन एमाले अध्यक्ष प्रधानमन्त्री भएको बेला सरकारकै सल्लाहमा आफुले नाकावन्दी खोल्न भुमिका खेलेको समेत क्ष्ँत्रीले दाबी गरेका छन् । उनले त्यसको जस आफुले मात्र नलिने बताए । क्षत्रीकाअनुसार त्यतिबेला नाकावन्दी खोल्न राजनीतिक र सैन्य दुवै प्रयास भएका थिए ।

नाकाबन्दीबारे क्षत्रीले अन्र्तवार्तामा भनेका छन्‘ नाकावन्दीको बेला म भारत भ्रमणमा गएको थिए । त्यस क्रममा मैले मेरो समकक्षी भारतिय सेनाअध्यक्ष, गृहमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्च अधिकारीसंग भेटेको थियो ।

 

 

 

नाकाबन्दीले सुरक्षामा पार्ने असरबारे मैले उहाहरुलाई जानकारी गराए । खासगरी नेपाल–भारतको सिमामा त्यसले गर्ने असर र नेपाली जनतामा भारतविरोधी भावना बढ्छ भन्ने कुरा पनि मैले राखे ।

 

सैनिक दृष्ट्रिकोणबाट मैले प्रयास गरेको हो । मसंगको छलफलपछि रक्सौलको नाका खोल्ने प्रतिवद्धता पनि भयो,म भारत भ्रमणमै हुदा रक्सौल नाका खुल्यो पनि । तर, म सरकारकै सहमतीमा भारत भ्रमणमा गएको होे । म जानुभन्दा पहिले मैले गोप्य डेलिकेशन समेत भारत पठाएको थिए । त्यसले यो नाकाबन्दी खुल्नुमा सामुहिक प्रयासले काम गरेको हो । ’

 

राजतन्त्रबारे धारणा
क्षत्रीले नेपाली सेना इतिहासकालदेखी नै सरकारको निती नियमभन्दा बाहिर नगएको दाबी गरेका छन् । उनले सरकारका विधीसम्म र संविधानसंवत् आदेश सेनाले जहिले पालना गरेको बताए ।  उनले भनेका छन् ‘ इतिहासमा जहिले पनि सेनाले परिवर्तनलाई स्विकार गरेको देखिन्छ ।

 

 

०६२⁄०६३ पछि भएको परिवर्तन पनि प्रक्रियागत भएकोले सेनाले स्विकारेको हो ।’ उनले सेनाले परिवर्तनलाई स्विकार नगरेको भए रक्तपात हुनसक्ने बताएका छन् ।  

 

माओवादी द्धन्द्धमा सम्मेलित तत्व
प्रधानसेनापति क्षत्रीले माओवादी केन्द्रका नेताहरुलाई द्धन्द्धमा सम्मेलित तत्वको संज्ञा दिएका छन् । उनले अन्र्तवार्तामा भनेका छन्  ‘सेनाले ६३ ⁄६४ पछि द्धन्द्धमा सम्मेलित तत्वको अन्र्तगत रहेर पनि हामीले काम गर्यो । उनिहरुले दिएका संविधानसम्भवत आदेशको सेनाले पालना समेत गर्यो । ’

 

 

उनले सेना गैरराजनीतिक संगठन भएको भन्दै वैधानिक सरकारले दिएका संविधानसम्वद्ध आदेश सेनाले मान्ने बताए । प्रधानसेनापतिले संविधानसम्भवत नभएको आदेश भने सेनाले नमान्ने बताए ।  ‘सेना भनेको गैरराजनीतिक संगठन हो , त्यसैले राष्ट्रहित विपरीत दिएको आदेश हामीले मान्दैनौ ।’ क्ष्ँत्रीले अन्र्तवार्तामा भनेका छन् ।

देशलाई आवश्यक भयो भने दमकलको भुमिकामा आउछौं

 

प्रधानसेनापतिले सेना भनेको देशको अन्तिम शक्ति भएको बताएका छन् । उनले देशका अन्य संयन्त्रहरु असफल भयो भने मात्र सेना परिचालन हुने बताए । राइट टाइम, राइट प्लेसमा सेना परिचालन हुनैपर्ने क्ष्ँत्रीको धारणा थियो ।  

 

 

‘अहिले देशमा भएका समस्यालाई समाधान गर्न तत्काल राजनीतिक र कुटनीतीक रुपमा अघि बढ्न सक्ने ठाउ छ,यदी राष्ट्रलाई गम्भिर संकट आयो भने त सेना दमकल मात्र होईन हामी अघि बढ्नुपर्ने हुन्छ । त्यसैले राष्ट्र अघि बढ्न पनि चुनाव सफल हुन जरुरी छ ।’  सेनापतिले अन्र्तवार्तामा भनेका छन् ।
सेनाको संख्या घटाउन सकिन्छ

 

 

प्रधानसेनापतिले सेनाको संख्या घटाउन सकिने बताएका छन् । उनले नयां सरकार आएपछि मात्र उक्त विषय सम्भव भएको बताए ।  ‘संक्रमणकालमा यो विषय सम्भव छैन्,तर नयां सरकार आएर बृहत गृहकार्य भयो भने त्यो विषय सम्भव छ ।’ सेनापतिले भने ।

 

 

उनले हचुवाको भरमा सेनाको संख्या र संरचनाबारे टिप्पणी गर्नेहरुप्रति भने असन्तुष्टी जनाए । सेनापतिले अघि थपे ‘यो त्यसै हचुवाका भरमा भनेर हुने विषय होईन,यसका लागी बृहत छलफल गरेर र राष्ट्रको आवश्यकता हेरेर निर्णय हुन्छ ।’

 

आत्मनिर्भर
प्रधानसेनापतिले अन्र्तवार्तामा कतिपय रणनिती विषयको समेत खुलासा गरेका छन् । उनले आफ्नो १० बुदे लक्ष्यको एउटा प्रमुख विषय नै सेनालाई आत्मनिर्भर बनाउने रहेको खुलासा गरे । उनले सेनालाई आत्मनिर्भर बनाउनेतिर प्रयासरत रहेको जानकारी समेत दिए ।

 

सेनापतिले अन्र्तवार्तामा भनेका छन्‘ हातहतियार बनाउने हिसावले अहिले नै हामी सफल भएका छैनौ,यो सम्भव हुने कुरा पनि होईन, तर गोली गामा भने हामी आत्मनिर्भर हुन्छौ ।

 

साना हतियारमा लाग्ने गोलीमा पनि हामी चार–पाच वर्षमा आत्मनिर्भर भइसक्छौ ।  बिस्फोटका पर्दाथमा पनि हामी आत्मनिर्भर हुने दिशामा अघि बढेका छौ ।

 

पाच बर्षभित्र नेपाली सेना धेरैजसो चिजमा आत्मनिर्भर बनिसक्छ । सेना मात्र होईन हामीले अन्य अरु सुरक्षा निकायलाई पनि दिन सक्ने अवस्थामा हुन्छौ । ’

प्रधानसेनापतिसंगको पुरा अन्र्तवार्ता हेर्न यो भिडियो खोल्न सक्नुहुन्छ –