राष्ट्रपतिलाई बुझाए चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र

राष्ट्रपतिलाई बुझाए चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागी विभिन्न चार मुलुकका राजदूतहरुले ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

 

राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडांलकाअनुसार इजरायका आवासीय राजदूत बेन्नी ओमेर,इजिप्टका इमान मुस्ताफा अहमेद, पेरुका गैरआवासीय राजदूत जोर्ज मोन्डेज र इन्डोनेसियाका गैरआवासीय राजदूत रिना प्रिहत्यासमिर्सीले मंगलवार ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

 

 

 

उनिहरु चारै जनाले राष्ट्रपति भवन शितलनिवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष्ँ ओहोदाको प्रमाणपत्र बुझाएका हुन । उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।