अनशनरत डा केसीसँग वार्ता गर्न सरकारले गठन गर्यो टोली

अनशनरत डा केसीसँग वार्ता गर्न सरकारले गठन गर्यो टोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले जुम्लामा अनशनरत डा गोविन्द केसीसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन गरेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा प्रा डा केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो।

टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयका सहसचिव रहने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चारकर्मीलाई जानकारी दिए।