सेनाले किन वोलायो अमेरीका र भारतका सेनापति ? चिनका रक्षामन्त्री पनि आउदै

सेनाले किन वोलायो अमेरीका र भारतका सेनापति ? चिनका रक्षामन्त्री पनि आउदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी नौसेना (नेभी) प्रमुख ह्यारी बिन्क्ले ह्यारिस आइतबार नेपाल भ्रमणमा आउने भएका छन्। अमेरिकी नौसेना का एडमाइरल ह्यारिस अमेरिकी सेनाको प्रभावशाली प्यासिफिक कमान्डका कमान्डर हुन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ । सन् २०१५ मा अमेरिकी नौसेना प्रमुखमा नियुक्त भएका ह्यारिस केही समय यता नेपाल आउन लागेका वरिष्ठ अमेरिकी सैन्य अधिकारी हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुशार तीनदिने नेपाल भ्रमणका क्रममा ह्यारिसले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री प्रकाश शरण महत र प्रधानसेनापति राजेन्द्र क्षेत्रीसंग भेटवार्ता गरी नेपाल—अमेरिका सैन्य सहकार्य र सहयोगबारे छलफल गर्ने भएका छन्। रक्षा मन्त्रालयका प्रवक्ता उत्तम नागिलाले अमेरिकी नौसेना प्रमुख सद्भावना भ्रमणमा आउन लागेको बताए।

अमेरिकी नौसेना प्रमुख ह्यारी नेपाली सेनाले पाँच खालमा सोमबारदेखि पाँचखालमा आयोजना गर्न लागेको ‘शान्ति प्रयास’ नामक सैन्य अभ्यासको उद्घाटन कार्यक्रममा सहभागी हुने छन्। संयुक्त सैन्य अभ्यासमा राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहेका २७ देशले सहभगिता जनाउने स्रोतले जनाएको छ।

अमेरिकाले नेपाली सेनासँग रणनीतिक सहकार्यलाई निकै प्राथमिकतामा राखेको पाइन्छ। समय—समयमा अमेरिकी सेना र नेपाली सेनाबीच संयुक्त सैन्य अभ्यास हुने गरेका छन्। भारतपछि नेपालले संयुक्त सैन्य अभ्यास गरेको मुलुक अमेरिका हो। ‘चीन र भारतका बीचमा रहेको नेपालको भूराजनीतिक अवस्थालाई अमेरिकाले आफ्नो रणनीतिक स्वार्थमा प्रयोग गर्ने रणनीति अपनाउँदै आएको छ। अमेरिकी नौसेनाका प्रमुखको भ्रमणलाई यस हिसाबले निकै महत्वको छ,’ एक सरकारी अधिकारीले भने।

भारतसँगको रक्षा सहकार्यलाई मजबुत पार्दै लगेको अमेरिकाले नेपाललगायत दक्षिण एसियाली मुलुकमा आफ्नो रणनीतिक स्वार्थ पूर्तिका लागि प्रयास गरिरहेको देखिन्छ। अमेरिकाले नेपाललाई भारतको दृष्टिबाट हेर्दै आएको विश्लेषण हुने गरेको छ। जसका कारण अमेरिकी नेपाल नीति भारतले नेपाललाई कुन रुपमा हेर्छ भन्नेमा बढी निर्भर रहने गरेको छ।

चिनियाँ रक्षामन्त्री नेपाल आउँदै
अमेरिकी नौसेना प्रमुखको भ्रमण लगत्तै चिनियाँ रक्षामन्त्री चङ् वानछुन नेपाल भ्रमणमा आउने भएका छन्। रक्षा मन्त्रालयका प्रवक्ता उत्तम नागिलाले रक्षामन्त्री खाँणको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री चैत १० मा नेपाल आउन लागेको बताए। ‘यो विशुद्ध शिष्टाचार भ्रमण हो’ उनले भने ‘चीन र नेपालबीचको रक्षा सहकार्यबारे भ्रमणमा कुराकानी हुनेछ।’

भारतीय प्रधानसेनापति नेपाल आउने
भारतीय प्रधानसेनापति विपिन रावत चैत दोश्रो साता नेपाल भ्रमणमा आउने भएका छन्। उनी गत डिसेम्बर अन्तिम साता प्रधानसेनापति नियुक्त भएयता पहिलो नेपाल भ्रमणमा आउन लागेका हुन्। मानार्थ प्रधानसेनापतिको पदवी ग्रहण गर्न उनी यहाँ आउन लागेका हुन्। नेपाल र भारतमा नयाँ प्रधानसेनापति नियुक्ती भएपछि एक अर्को देशमा मानार्थ प्रधानसेनापति लिन जाने प्रचलन छ।