शरद भेसवाकरको विस्फोट ब्याटिङको मद्दतले नेपालले युएईलाई २२२ रनको लक्ष्य दियो

शरद भेसवाकरको विस्फोट ब्याटिङको मद्दतले नेपालले युएईलाई २२२ रनको लक्ष्य दियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले युएईलाई २२२ रनको लक्ष्य दिएको छ । आवुधावीमा चलिरहेको  आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले ६ विकेट गुमाउदै २२२ रन लक्ष्य दिएको छ ।

 

 

५० ओभरको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ रोजेको थियो । नेपालको तर्फबाट शरद भेसवाकरले सबैभन्दा बढी ८१ रन बनाए ।  

 

 

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ८३ बलमा ५३ रन बनाएका थिए । कप्तान पारस खड्काले २० रनको योगदान दिएका थिए ।

 

युएईका लागि जाहुर खानले २ विकेट, रोशन मुस्ताफा, अहमद राजा र मोहम्मद नाभिदले १÷१ विकेट लिएका थिए ।