काठमाण्डु- सेयर बजार मापक परिसूचक नेप्से सोमबार ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार उच्च अंकले उकालो लागेको नेप्से आज भने ओरालो लागेको हो ।
आज नेप्से १३.४८ अंकले ओरालो लागेर २८७२.०५ बिन्दुमा झरेको छ । आज ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । आज १३ वटा उपसमूहहरुमा तीन समूहको सेयर मूल्य उकालो लागेका छन्। बाँकी समूहको सेयर मूल्य ओरालो लागेको छ ।
आज सबैभन्दा धेरै लगानी समूहको सेयर मूल्य उकालो लागेको छ । यसैगरी सबैभन्दा धेरै विकास बैंक समूहको सेयर मूल्य ओरालो लागेको छ ।
प्रतिक्रिया