अफ्रिका कप अफ नेसन्स: गोलकिपर गाबास्की नायक बन्दा इजिप्ट फाइनलमा

अफ्रिका कप अफ नेसन्स: गोलकिपर गाबास्की नायक बन्दा इजिप्ट फाइनलमा


काठमाण्डु – गोलकिपर गाबास्की नायक बन्दा आयोजक क्यामरुनलाई पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा ३३ वर्षिय गोलकिपर गाबास्कीले दुई पेनाल्टी बचाउदै फाइनलमा इजिप्टको भेट सेनेगलसंग पक्का गराएका हुन् ।

निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो, जहाँ गोलकिपर गाबास्कीले आयोजक क्यामरुनको दुई पेनाल्टी बचाएका थिए ।

अब, उपाधिका लागि सेनेगल र इजिप्ट आइतबार भिड्नेछन् । गय राति भएको खेलमा बुर्किना फासोलाई ३-१ अन्तरले पराजित गर्दै सेनेगल फाइनल पुगेको हो ।

फाइनल खेल इंग्लिस क्लब लिभरपुलका दुई अट्याकर साडियो माने र मोहम्मद सलाहको भिडन्तको रुपमा समेत हेरिनेछ ।