मतदातालाई धन्यवाद दिँदै बिनाले भनिन्– ‘मतपरिणाम पक्षमा आउनेमा ढुक्क छौं’

मतदातालाई धन्यवाद दिँदै बिनाले भनिन्– ‘मतपरिणाम पक्षमा आउनेमा ढुक्क छौं’


कञ्चनपुर– नेकपा माओवादी केन्द्रकी नेतृ एवं कञ्चनपुर क्षेत्र नक्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बिना मगरले मतदातालाई धन्यवाद दिँदै निर्वाचन परिणाम वाम गठबन्धनका उम्मेदवारको पक्षमा आउनेमा ढुक्क रहेको बताएकी छन्।

 

 

 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत मतदान अवधि सकिएलगत्तै आभार वक्तव्य जारी गर्दै उम्मेदवार बिनाले मतदान प्रक्रियालाई सफल बनाउन र मताधिकारको प्रयोग गरी उपयुक्त नेतृत्व चयनमा सहभागी हुने मतदातालाई धन्यवाद दिएकी हुन्।

 

 

 

‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा एमाले र माओवादी केन्द्र लगायतका पार्टी मिलेर बनेको वाम गठबन्धनका उम्मेदवारप्रति देशैभरि देखिएको विश्वास र आकर्षणले समृद्धिको सपना पूरा हुने निश्चितजस्तै देखिन्छ,’ आभार वक्तव्यमा लेखिएको छ, ‘कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा समेत निर्वाचनमा देखिएको शान्तिपूर्ण र उत्साहजनक सहभागिताले म लगायत वाम गठबन्धनका उम्मेदवार हर्षित भएका छौं। यो उत्साह, सहभागिता र समर्थनका लागि तपाईप्रति हामी आभारी छौं।’

 

 

मतदाता र उम्मेदवार मतगणना र अन्तिम परिणामको पर्खाइमा रहेका जनाउँदै बिना मगरले मतगणना कार्यलाई स्वच्छ, मर्यादित र शान्तिपूर्ण बनाउन सबैको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गरेकी छन्।

 

 

‘अन्तिम मतपरिणाम घोषणा भएपछि निर्वाचन प्रचारमा गरिएका प्रतिवद्धता अनुरुप कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को विकास र समृद्धिको खाका निर्माण र योजना कार्यान्वयनमा निरन्तर सक्रिय भइरहेको दोहो¥याउँदै पुनः तपाई सबै मतदाताप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु,’ आभार वक्तव्यमा लेखिएको छ।