कैलालीमा ६५ प्रतिशत मत खस्यो, चुरेका मतपत्र हेलिकोप्टरमार्फत् ढुवानी गरिने

कैलालीमा ६५ प्रतिशत मत खस्यो, चुरेका मतपत्र हेलिकोप्टरमार्फत् ढुवानी गरिने


धनगढी– प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन कैलाली जिल्लामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।

 

 

 

 

मतदान शान्तिपूर्ण रुपमा भएपनि ६५ प्रतिशत मत खसेको छ। स्थानीय निर्वाचनमा कैलालीमा ७३ प्रतिशत मत खसेको थियो। स्थानीय तह निर्वाचनमा जस्तो मतदाताहरुमा उत्साह थिएन। कैलालीमा ४ लाख ६० हजार ५ सय ७८ जना मतदाता छन्।

 

 

साँझ मतदान सकिएपछि मतपेटीहरु मतगणना स्थल धनगढी ल्याइदै छन्। ५३८ मतदान केन्द्र मध्ये ५२४ मतदान केन्द्रका मतपेटी आजै धनगढी पुग्ने कैलालीका मुख्य प्रशासन अधिकारी गोविन्द रिजाले बताए।

 

 

 

 

उनले चुरे र मोहन्याल गाउँपालिकाको १४ मतदान केन्द्रका मतपेटी भोलि विहान हेलिकप्टरबाट ढुुवानी गरिने जानकारी दिए।

 

 

सबै मतपेटिका मतगणना स्थल पुगिसकेका निर्वाचन क्षेत्र नं १, ३ र ५ को मत गणना आजै हुन सक्ने मुख्य प्रशासन अधिकारी रिजालले बताए। उनले राजनीतिक दलका प्रतिनिधिहरुको बैठकपछि मत गणना गर्ने समय निर्धारण हुने बताए।

 

निर्वाचन क्षेत्र नं। २ मा मोहन्याल र ४ मा चुरे गाउँपालिका पर्ने भएकाले त्यस क्षेत्रका मत गणना भोलि नै शुरु हुनेछ।

 

५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधिसभाका लागि ६ जना महिला सहित ४३ जना र प्रदेशसभाका लागि ६ जना महिलासहित ७८ जनाले उम्मेदवारी दिएका छन्।

 

 

अपांगता भएका ७३ वर्षीय रवीलाल चौधरी बिहीबार कैलालीको कैलारी गाउँपालिकास्थित मतदान केन्द्रमा मतदानका लागि घिस्रेर जाँदै। तस्बिर सौजन्य : सुरबहादुर परियार।