तरूण दल र प्रहरीबीच झडप भएपछि प्रधानमन्त्रीलार्इ भेटेर यस्ताे चेतावनी दिए देउवाले

तरूण दल र प्रहरीबीच झडप भएपछि प्रधानमन्त्रीलार्इ भेटेर यस्ताे चेतावनी दिए देउवाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा अाेलीसँग कांग्रेस सभापति शेरबहादुर देउवाले भेट गरेका छन्।

शनिबार बानेश्वरमा तरूण दल र प्रहरीबीच भएकाे झडपमा नेता, कार्यकर्ता घाइते भएपछि देउवा प्रधानमन्त्रीलार्इ भेट्न बालुवाटार पुगेका हुन्।

आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै उनले  प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए। भेटमा देउवाले तत्काल डा केसीसँग सार्थक वार्ता गर्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेका छन्

भेटपछि देउवाले ट्वीट गर्दै भनेका छन्, ‘तरुण दलको प्रदर्शन माथि सरकारको अन्धाधुन्ध आक्रमणपछि मैले प्रधानमन्त्री केपी ओलीलाई बालुवाटार पुगेर भेटे।भेटमा शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको दमनकारी व्यवहार रहे अझ कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छु। तत्काल डा केसीसँग वार्ता गरेर समस्या समाधान गर्न आग्रह गरेको छु’