काठमाण्डु – नेपालले चारदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले घरेलु टोली ओमानमाथि ६ विकेटको जित हात पारेको छ । शुक्रबार भएको खेलमा टस हारेर ब्याटिङ गरेको ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले १९. ३ ओभरमा ४ विकेट गुमाएर हासिल गरेको हो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन, आरिफ शेखले २५, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदिप ऐरीले ४ रन जोडे ।
ओमानका कप्तान जीसान मक्सूदले सर्वाधिक ४३ रन बनाए । उनले ४१ बलमा ४ चौका र एक छक्का हिर्काए । यस्तै मोहम्मद नदीमले ३१ रन जोड्दा जतिन्दर सिंहले १३ रनको योगदान गरे ।
यसअघि ओमानको अल अमेरात मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका अविनाशले २६ रन खर्चिएका थिए । यस्तै कमल सिंह ऐरी, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए ।
ओमानका कलिमुल्लाहले २ विकेट लिए भने खवार अलीले १ विकेट हात पारे । ओमानविरुद्ध नेपालका सागर ढकाल, विवेक यादवले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । नेपालले शनिबार युएईसँग खेल्ने छ ।
प्रतिक्रिया