विधुत प्राधिकरण नाफामा गएपछि भत्ता बाँड्न कुलमानमाथि कर्मचारी सङगठनको दवाव

विधुत प्राधिकरण नाफामा गएपछि भत्ता बाँड्न कुलमानमाथि कर्मचारी सङगठनको दवाव


काठमाडौं –  नेपाल विद्युत प्रधिकरण नाफामा गएपछि कर्मचारी संसङगठनहरुले भत्ता दिनुपर्ने माग गरेका छन् । निरन्तर घाटामा रहेको प्राधिकरण आर्थिक वर्ष २०७३ र ७४बाट मात्र मुनाफामा गएको हो । कुलमान घिसिङ कार्याकारी निर्देशक भएर आएको वर्षमै उनले प्राधिकरणलाई सञ्चालन मुनाफामा लगेका थिए ।

दैनिक १९ घण्टासम्म भएको लोडसेडिङलाई पूर्ण रुपमा हटाएपछि प्राधिकरण भर्खरै तंग्रिने स्थितिमा अघि बढेको छ । यस्तो अवस्थामा प्राधिकरणको आधिकारिक ट्रेड युनियन, कर्मचारी संघले कर्मचारीको मनोबल उच्च बनाउन एक महिनाको तलव बराबरको वाषिर्कोत्सव भत्ताको रुपमा उपलब्ध गराउन माग गरेको हो ।

कर्मचारीले घिसिङलाई ज्ञापनपत्र बुँझाउँदै व्यवस्थापनको सुझबुझुपूर्ण निर्णय र कर्मचारीहरुको अथक प्रयासका कारण प्राधिकरणका आर्थिक अवस्थामा सुधार आएको भन्दै भत्ता उपलब्ध गराउन माग गरेका हुन् ।

संघका अध्यक्ष जनार्दन भट्टराईले प्राधिकरण नाफा नरहादा यस्तो कुनै दाबव व्यवस्थापनलाई नदिएको स्मरण गराउँदै कर्मचारीलाई उत्प्रेरित गर्न पनि यस्तो भत्ता आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

अहिले प्राधिकरणले कर्मचारीलाई ५ सय रुपैयाँ मात्रै यस्तो भत्ता दिने गरेको छ । कर्मचारीको माग पुरा गर्न प्राधिकरणले करोडौं खर्चिनुपर्छ । हाल प्राधिकरणमा १० हजार कर्मचारी छन् । आयोजनामा कार्यरत कर्मचारीहित सबैले एक महिनामा ४३ करोड बराकरको तलव बुझ्ने गरेको प्राधिकरणको संस्थागत वित्त विभागले जनाएको छ ।