कानुनमन्त्री तामाङलाई बर्खास्त गर्न राप्रपाको माग

कानुनमन्त्री तामाङलाई बर्खास्त गर्न राप्रपाको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाले कानुन मन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिको विरोध गरेको छ । राप्रपाका सह प्रबक्ता मोहन श्रेष्ठले आईतबार विज्ञप्ती जारी गर्दै बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेली र समग्र नेपाली महिलाको अस्मितामाथि नै ठेस पुग्ने गरि कानुन मन्त्री तामाङले दिएको अभिव्यक्तिको भत्र्सना गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा मन्त्री तामाङको गैरजिम्मेवार अभिव्यक्तिलाई ध्यान दिई अबिलम्ब मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओली समक्ष समेत माग गरिएको छ ।

त्यसका साथै केही दिन अघि नेपाली चेलीहरु बंगलादेशस्थित कलेजका प्राध्यापकहरुबाट करणीमा पर्ने सम्बन्धि सोही प्रकृतिको आपत्तिजनक अभिव्यक्ति दिने बिर्तामोड स्थित बि एण्ड सि हस्पिटलका सञ्चालक दुर्गा प्रसाइलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न पनि राप्रपाले सरकारसंग माग गरेको छ ।